कोरोनाबाट थप एक जनाको मृत्यु, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ पुग्याे


काठमाडाैं, ११ असार । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अनुसार स्याङ्जा सिरूवारीका ५५ वर्षीय पुरूषकाे कोभिड-१९ को कारण मृत्यु भएको हाे ।याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ ।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका  निर्देशक प्रा. डा. अर्जुन आचर्यका अनुसार हिजाे (बुधबार) राति ११ : ३५ मा उनकाे मृत्यु भएकाे हाे । उनकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेकाे थियाे ।
उनी यहि ८ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता