१५ वटै तहमा संक्रमण फैलिएपछि झापामा लकडाउन कडा पारियो




झापा, ११ असार । झापाका १५ वटै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण फैलिएपछि झापामा खुकुलो हुँदै गएको लकडाउनलाई कडा गर्न थालिएको छ ।
जिल्लाका बजारहरुमा लकडाउन समेत उल्लंघनको घटना बढेसँगै सामाजिक दूरी कायम गर्न सांकेतिक अभियान पुनः सञ्चालन गर्न थालिएको छ ।
झापामा कोराना भाइरसको संक्रमितको संख्या बढ्दै गएपनि सामाजिक दूरी कायम नगर्ने तथा मास्कको समेत प्रयोग नगर्नेको संख्या बढ्न थालेको छ । जसका कारण जोखिम बढेको भन्दै सुरक्षित रुपमा दैनिक क्रियाकलाप सञ्चालन गर्न यहाँका बिभिन्न संघसंस्थाले संयुक्त रुपमा सांकेतिक अभियान सञ्चालन गरेका छन् ।
बजार तथा पसलहरुमा निस्कदा सर्वसाधारणले हेलचेक्रयाई गर्न थालेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको आह्वानमा हरेक पसल अघि भौतिक दूरी कायम गर्न गोलो घेरा अनिर्वाय बनाउन शुरु गरिएको छ ।
संक्रमण फैलदै गएको तर, सामाजिक दूरी तथा अटेरिपन बढ्दै गइरहेका बेला बिर्तामोडमा सामाजिक दूरी कायम राख्न सचेतना मुलक कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनु भयो ।
‘एक जना संक्रमित ब्यक्तिले धेरै मानिसलाई संक्रमण सार्न सक्ने भएकाले सबैले आफु सुरक्षित हुन जरुरी छ ।’
उहाँले भन्नुभयो, ‘लकडाउन खुकुलो भएसंगै मानिसको जमघाट बढेकाले यो अवस्थामा भौतिक दूरी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, बारम्बार हात नधुने हो भने यसले भयावह अवस्था ल्याउन सक्छ ।’
सबै ब्यवसायीलाई अनिर्वाय सुरक्षा अपनाउन आग्रह गरेपनि कोरोना भाइरसलाई सामान्य रुपमा बुझन थालेकोले भयावह अवस्था आउने भन्दै बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी९प्रसन्त०ले चिन्ता ब्यक्त गर्नुभयो ।
उहाँले ब्यवसायीलाई आफ्नो पसलमा आउने ग्रहाकलाई अनिर्वाय मास्कको प्रयोग गर्न तथा साबुन पानीले हात धुन लगाउन सुझाव पनि दिनुभयो ।
कोरोना भाइस सामुदायमा फैलने खतरा बढेकाले अब भीडभाडमा जाँदा तथा हरेक क्षेमा सावधानी नअपनाए अवस्था जटिल बन्न सक्ने चेम्बर अफ कर्मशका अध्यक्ष ओम विमालीले बताउनु भयो । पछिल्लो समयमा बिर्तामोडमा अटेरीपन बढ्दै गएको पनि उहाँको भनाइ छ ।
झापामा कोरोना भाइरसको संक्रमण फैलदै गएको तर सामाजिक दूरी कायम नराख्ने प्रवृति बढ्दै गइरहेकोले प्रहरीको आह्वानमा बिर्तामोडका संघ संस्थाले यस्तो अभियान नै चलाएका हुन् ।
बिर्तामोड नगरपालिका, बिर्तामोड उद्योग बाणिज्य संघ, नेपाल चेम्बर्स अफ कमर्स झापा, रोटरी क्लब लगायतका दर्जन बढी संस्थाले संयुक्तरुपमा पसल अगाडि सामाजिक दूरी कायम गर्न गोलो घेरा बनाउने र अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्रै व्यवसाय सञ्चालन गर्न अनुरोध गर्दै आएको बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बताउनुभयो ।
झापाका १५ वटै स्थानीय तहमा गरेर बुधबारसम्म २ सय १६ कोरोना संक्रमित भेटिएका छन् । संक्रमितको संख्या कचनकवल १ सय २८, गौरीगञ्ज १७, बुद्धशान्ति ११, मेचीनगर २८, बाह्रदशी ७, भद्रपुर ६, हल्दिबारी ६, अर्जुधारा ५, कन्काई ४, गौरादह ४, दमक ३, झापा गापा २, बिर्तामोड २, कमल गाउँपालिका १ र शिवसताक्षीमा २ जना पुगेको छ ।
जिल्लामा १ सय ३५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । तर लकडाउन खकुलो भएसँगै झापाका बजारमा सर्वसाधारणको चहलपहल बढेपछि आफ्नै कमजोरीका कारण कोरोना भाइरस समुदायमा फैलने जोखिम बढेको छ । यस्तो अवस्थामा सर्वसाधारण आफैँपनि सचेत हुन जरुरी छ ।न्युज२४बाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता