पाल्पामा भेटिए एकैदिन १२१ जना कोरोना संक्रमित


पाल्पा, ११ असार । पाल्पामा एकैदिन १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको नतिजामध्ये पाल्पाका १२१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
१२१ जना थपिएसँगै पाल्पामा संक्रमित संख्या ३६९ पुगेको छ । आज बिहान चितवनस्थित भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा
पाल्पा निस्दी गाउँपालिकाका ९३ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला  रुपन्देहीमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका १८ जना, तानसेन नगरपालिकाका ३ जना, रम्भा गाउँपालिाका ६ र तिनाउँ गाउापालिकाका १ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

आज भेटिएका मध्ये ३ जना संक्रमित तानसेन नगरपालिकाका रहेको र यससँगै तानसेन नगरपालिकमा समेत संक्रमण फेला परेको बताइएकाे छ । जिल्लाका दशै स्थानीय तहमा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
संक्रमित सबै भारतका विभिन्न स्थानबाट फर्केर क्वारेन्टाइनमा बस्दै आएका हुन् । पाल्पामा किटको समस्या भए सगै र परिक्षणको दायरा समेत कम भएको कारणले स्थानीय तहहरुले आफ्नै लगानीमा भिटिएम खरिद गरेर पीसीआर परीक्षणको दायरा बढाएसँगै जिल्लाभर संक्रमितको संख्या समेत बढेको छ । यससँगै आइसोलेशन तथा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती थपिँदै आएको स्थानीय तहहरुले जनाएका छन् ।
पाल्पा जिल्लामा मात्र १४८ बेड संख्याका आइसाेलेसन रहेका छन् । अहिले आएर स्थानीय तहहरु मिलेर आइसाेलेसन समेत निर्माणमा जुटेका छन् । संक्रमतिमध्ये ७ जना निको भएर घर फर्किएका छन् भने १ जनाकाे मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता