पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु


काठमाडौं, ११ असार । नेपालमा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बृद्धि भइरहेको समयमा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।
यसैबीच, ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।
अस्पताल श्रोतका अनुसार चितवन घर भई हाल काठमाडौं बस्दै आएका ४९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृ’त्यु भएको हो ।
अस्पतालका अनुसार उनमा यस अगाडिनै परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, पाँच महिना अगाडि मात्रै उनले मिर्गौला प्रत्यारोपण गरेका थिए ।
उनको मृ’त्यु स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी नै छ । उनीबाहेक हालसम्म नेपालमा २५ जना संक्रमितहरुको मृ’त्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या १० हजार ७ सय २८ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता