प्रदेश २ मा थप ८२ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ६ सय ९५ पुग्यो


जनकपुरधाम, १९ जेठ । आज मात्र प्रदेश २ मा थप ८२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमणको पुष्टि भएको छ । संक्रमितहरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको विवरण अनुसार सप्तरी जिल्लाको राजगढ़ गाउँपालिका १२ जना पुरुष रहेका छन ।
यसैगरी काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार सिरहा जिल्लाका सूर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाइनका रहेका ५ जना पुरुष संक्रमित भएका हुन ।


यस्तै धनुषा जिल्ला धनौजी शंकर मा।वि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ पुरुषहरु संक्रमित भएका छन ।
त्यसैगरी महोतरी लोहरपट्टी नगरपालिका क्वारेन्टाइनका २ जना पुरुषहरु संक्रमित भएका छन । सर्लाही जिल्लाको जनता मा.वि. अगरवा क्वारेन्टाइनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जना संक्रमित भएका छन् । जसमध्ये ३ जना महिला रहेका छन ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षण विवरण अनुसार रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गाँउपालिका क्वारेन्टाइनका ४ जना संक्रमित भएका हुन ।
जस मध्ये यमुनामाईका क्वारेन्टाइनका एक जना महिला पनि संक्रमित भएका छन् । प्रदेश २ मा कोभिड संक्रमितहरुको जम्मा संख्या ६ सय ९५ पुगेको छ भने उपचारपछि डिस्चार्ज भएकाको संख्या ९८ रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता