कर्णाली प्रदेशमा आज एकै दिन ७५ कोरोना संक्रमित थपिए, कुल संख्या १९८ !

कालिकोट, १९ जेठ । कर्णाली प्रदेशमा आज एकै दिन थप ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर सुर्खेतद्वारा जारी पछिल्लो विज्ञप्तीमा जनाइएअनुसार आज बिहान कर्णाली प्रदेशमा ७५ नयाँ संक्रमित थपिएका हुन् ।
सुर्खेतस्थित प्रादेशिक प्रयाेगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराे भाइरस संक्रमण पुष्टि भएकाे हाे ।
मन्त्रालयका अनुसार यसरी थपिनेहरूमा दैलेखका ३९ जना पुरुष र २ जना महिला रहेका छन् । यसैगरी सल्यानका १० पुरुष, सुर्खेतका ५ पुरुष र जुम्लामा २० पुरुषमा पनि संक्रमण पुष्टि भएकाे छ । यससँगै कर्णालीमा कुल संक्रमित संख्या १९८ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता