जुम्लामा २ जना प्रहरीसहित १९ जनामा काेराेना संक्रमण पुष्टि


जुम्ला, १९ जेठ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका जुम्लाका १९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
कर्णाली प्राविधिक शिक्षालय, जुम्लामा बनाइएकाे जिल्लाकै एकीकृत क्वारेन्टाइनमा राखिएका १९ जनामा काेराेना संक्रमण देखिएकाे हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आइतबार पीसीआर विधिबाट परिक्षण गर्दा जुम्लाको सिंजा र हिमा गाउँपालिकाका १९ जना पुरुषहरुमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।
काेराेना पाेजेटिभ देखिएका सबै ब्यक्ति यही हप्ता भारतबाट आएर जुम्ला प्रवेश गरेका थिए । उनीहरु जुम्लाको सिंजा गाउँपालिका वडा नं ३ का एक जना, साेही गाउँपालिका वडा नं ४ का ३ जना, वडा नं ५ का २ जना, वडा नं छ का ३ जना रहेका छन् । जुम्लाकै हिमा गाउँपालिका वडा नं १ का २ जना, वडा नं ५ का ४ जना, वडा नं ६ का १ जना, हिमाकै वडा नं ७ का १ जना रहेका छन् ।
यससँगै जुम्लामा कार्यरत २ जना ३४ र २७ वर्षीय प्रहरीमा समेत काेराेना पाेजेटिभ देखिएकाे छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता