बाँके दुर्घटना : मृतककाे संख्या १२ पुग्याे, २१ घाइतेकाे भेरी अस्पतालमा उपचार हुँदै


नेपालगन्ज, १९ जेठ । बाँकेमा भएकाे मिनीबस ‘हाइस’ दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ पुगेकाे छ ।
भारतका विभिन्न शहरबाट आएका नेपाली नागरिकलाई भारतको रुपैडिहा बजारबाटै पिकअप गरेर सल्यानतर्फ जाँदै गरेको उक्त हाइस मिनीबस बाँकेको ठुरिया जंगलमा दुर्घटना हुँदा ११ जनाको घटना स्थलमै मृत्यु भएकाे थियाे । थप १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
हाइसमा ३३ जना यात्रु सवार रहेका थिए । ना ५ ख ५९९५ नम्बरको उक्त हाइस बाँकेको राप्ती सोनारी गाउँपालिका- २ स्थित ठुरिया जंगलमा ट्रकसँग ठाेक्किएकाे थियाे । नेपालगन्जदेखि सल्यान तर्फजादै गर्दा आइतबार राति बा ४ ख ९०६४ नम्बरको रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेहरूको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भैरहेको अस्पतालले जनाएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताए । अहिले प्रहरीले मृतकको सनाखत सुरु गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता