थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


काठमाडौं, १९ जेठ । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना, पाल्पाको निस्दी गाउँपालिकाका २ जना, रुपन्देहीको गैडहवाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १ हजार ८ सय ११ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता