मुलुकका सबैजसो क्षेत्रमा दिनभर वर्षा हुने, बाढीको समेत सम्भावना हुनाले सतर्क रहन आग्रह


काठमाडौं, २३ जेठ । शुक्रबार (आज) मुलुकका सबैजसो क्षेत्रमा निरन्तर वर्षा हुने मौसमविदहरुले बताएका छन् । न्युनचापीय क्षेत्र उत्तर-पूर्वतिर बढ्दै जाँदा यसको यसकाे प्रभावले देशका सातै प्रदेशमा पूर्ण बदली रही वर्षा भइररहेको मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश- २ का सबैजसो क्षेत्रमा, बागमती प्रदेशका काठमाडौं उपत्यकासहित प्रायजसो सबै ठाउँमा, प्रदेश- १ का विराटनगर, धरान लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ ।
त्यस्तै गण्डकी प्रदेश र प्रदेश ५ को अधिकांश भागमा भने मध्यम वर्षा भैरहेको महाशाखाको भनाइ छ ।
मौसमविदहरुको अनुसार नेपालमा बदली र वर्षा हुनुकाे प्रमुख कारण अरब सागरमा बनेको निसर्ग चक्रवात सामुद्रिक आँधी कमजोर भएर बनेको न्यून चापीय क्षेत्रको प्रभावले हो । नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको समेत प्रभाव रहेको छ । वर्षाका कारण नेपालका साना तथा ठूला नदी नालाहरु बढ्ने सम्भावना रहेको छ ।
स-साना खोलानाला बढेसँगै बाढी तथा पहिरोको सम्भावना रहेकाले सबैलाई सचेत रहन मौसमविदहरुले आग्रह गरेका छन् । नदी छेउछाउ तथा तटिय क्षेत्रमा रहेका बस्ती उच्च जोखिममा रहेकाले त्यस क्षेत्रका नागरिकहरुलाई उच्च सतर्क रहन अनुरोध गरेको छ ।
विशेषगरी शुक्रबारको वर्षाले कन्काई, कोसी, कमला, बागमती, नारायणी, तिनाउलगायत नदीको जलसतह बढ्ने पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका केही क्षेत्रमा मेघ गर्जनसहित चट्याङ पर्ने पनि सम्भावना रहेको जनाएको छ । त्यस्तैगरी उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले सजग रहन मौसमविदहरुले अनुराेध गरेका छन् 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता