गड्डाचौकी र गौरीफन्टा नाकाबाट एकैदिन ४ हजार २२५ नेपाली भित्रिए

लम्की, २३ जेठ । भारतबाट नेपाली नागरिक तीन सातादेखि सुदूरपश्चिमका मुख्य दुई नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन् । बिहीबार कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट चार हजार २२५ जना नेपाली नागरिक भित्रिएका छन् । यस्तै ६८७ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक रविन्द्रनाथ पौडेलले गड्डाचौकी नाकाबाट एक हजार २२२ नेपाली नागरिक भित्रिएको बताउनुभयो भने २४७ भारतीय नागरिक बाहिरिएको बताउनुभयो । उक्त नाकाबाट नेपाली आउने क्रम कम हुँदै गए पनि गौरीफन्टा नाकाबाट भने दैनिक हजारौँको सङ्ख्यामा नेपाली भित्रिने क्रम जारी छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता