सप्तरीमा थपिए १६ काेराेना संक्रमित, सबै भारतबाट आएका


सप्तरी, २६ जेठ । सप्तरीमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । थपिएका संक्रमितहरु सबै भारतबाट भर्खरै मात्र नेपाल आएका थिए । उनीहरू सबै क्वारेन्टाइनमा नै बसेका थिए ।
जिल्लाकाे बलान विहुल गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । संक्रमितमध्य एक जना महिला रहेका छन् भने बाँकी सबै पुरूष रहेकाे जनाइएकाे छ ।
स्वास्थ्य कार्यालयका अनुसार संक्रमितहरू १२ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । आज १६ संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ९३ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता