विदेशबाट फर्किएका इलामका ३ जना सहित ४१ जना चतराधामस्थित होल्डिङ्ग एरियामा

इलाम, २६ जेठः यु.ए.ई. र म्यानमारबाट स्वदेश फर्केका नं. १ प्रदेश अन्तरर्गत विभिन्न जिल्लाहरुका गरी ४ जना महिला सहित स्वदेश फर्केका ४१ जना  व्यक्तीहरु पूर्वी पृतना हेडक्वाटरबाट तयार गरिएको होल्डिङ्ग केन्द्र चतराधाममा आई पुगेका छुन । नेपाली सेनाको सुरक्षामा उनीहरु काठमाण्डौंबाट आइतबार उक्त स्थानमा आईपुगेका हुन । 
नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी याम प्रसाद ढकाल तथा अन्तरगत जिम्मेवार विभिन्न तहका सैनिक अधिकृतहरुको उपस्थितिमा निजहरुलाई सैनिक स्वास्थ्यकर्मीबाट सामान्य स्वास्थ्य जांच तथा व्यक्तिगत विवरण भर्ने कार्य गरी  आइतबार नै मोरङ्ग, झापाका २५ जनालाई सम्वन्धित जिल्लामा पठाईएको छ भने बांकीलाई तत्कालको लागी सोहि होल्डिङ्ग एरियामा वस्ने व्यवस्था गरिएको छ । होल्डिङ्ग एरियामा हाल रहनेहरुमा इलाम, ३ जना रहेका छन् । 
इलाम माइनगरपालिका २ का हेम कुमार वानीया, माङसेवुङ २ का जीत कुमार लिम्वु र माइनगरपालिका ४ कि चन्द्र कुमारी चेम्जोड रहेका छन् ।  संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ्ग, उदयपुर र भोजपुरका गरी १२ जना रहेका छन ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता