चियापछि अलैंची निकासीमा भारतीय अवरोध


काँकडभिट्टा, ३१ जेठ । भारतको पश्चिम बंगाल सरकारले चियासँगै नेपाली अलैंची निकासीमा समेत अवरोध गरेको छ । लकडाउनपछि चिया निकासी हुन पाएको थिएन । अहिले अलैंचीको निकासीसमेत प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ।
विगतमा पनि अलैंची निकासीमा पश्चिम बंगाल राज्य सरकारले अवरोध गर्दै आएको थियो । जसका कारण विराटनगर नाकाबाट मात्रै निकासी हुँदै आएको थियो । करिब ५ महिनायता पूर्वी नाकाबाट समेत अलैंची निकासी हुन थालेको थियो ।
‘अहिले आएर अलैंचीमा पुन: अवरोध सिर्जना भएको छ,’ नेपाल अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले भने, ‘ट्रकमा लोड गरेको करिब १ सय ३५ टन अलैंची पूर्वी नाकामा अलपत्र छ ।’ यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता