वीरगन्जमा बेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना पुष्टि


काठमाडौं, ३१ जेष्ठ  :   पर्साको वीरगन्जस्थित घन्टाघर नजिकै बेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मृतकको हालसम्म पहिचान भने नखुलेको नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार वीरगन्जको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिसहित २ बालक, २ महिला र एक पुरुषसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत जेठ २८ गते वेवारिसे अवस्थामा युवकको शव घण्टाघर क्षेत्रमा भेटिएको थियो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । युवकको मृत्युपछि कोरोना पुष्टि भएकोबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता