थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो


काठमाडौं, ३१ जेठ । मुलुकमा थप २ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ७३ जना संक्रमित थपिएका हुन् ।
संक्रमितमा २ सय ४७ पुरुष र ३६ महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता