काठमाडाैं, ३१ जेठ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या झनै बढ्दै गइरहेको छ । एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा रहेकाे छ । अहिले त्यहाँ काेराेना संक्रमित संख्या ३ लाख नाघेकाे छ ।
एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरस संक्रमितहरू रहेकाे भारतमा पछिल्ला दिनमा दैनिक ११ हजार संक्रमित फेला परिरहेका छन् । दैनिक मृत्यु संख्या पनि पछिल्ला दिनहरूमा बढिरहेकाे छ ।
बिहीबार भारतमा हालसम्मकै बढी दैनिक मृत्युका केस (३९४) फेला परेकाे भारतमा शुक्रबार पनि ३८९ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । बुधबार त्यहाँ काेराेनाभाइरसका कारण ३८८ जनकाे मृत्यु भएकाे थियाे । शुक्रबार त्यहाँ ११ हजार ३२० नयाँ संक्रमित थपिएका छन् । बिहीबार पनि त्यहाँ ११ हजार १२८ संक्रमित फेला परेका थिए ।
भारतमा बुधबार हालसम्मकै सर्वाधिक दैनिक संक्रमितकाे संख्या भेटिएका थिए । बुधबार त्यहाँ १२ हजार ३७५ जना कोरोनाभाइरस पुष्टि भएकाे थियाे ।
याे समाचार तयार पार्दासम्म भातरमा कुल संक्रमित संख्या ३ लाख ९ हजार ६०३ पुगेकाे छ । साथै त्यहाँ काेराेनाभाइरसबाट मृत्यु हुनेकाे कुल संख्या ८ हजार ८९० पुगेकाे छ ।
अहिले पनि भारतमा १ लाख ४६ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे जनाइएकाे छ । त्यसैगरी १ लाख ५४ हजार ८१० जना भने सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । शुक्रबार त्यहाँ एकै दिन ७ हजार २५९ जना निकाे भएर घर फर्किएकाे बताइएकाे छ ।