इलामको जीतपुरमा काठ तस्करी गर्ने एक जना र दुईवटा ट्याक्टर सहित काठ पक्राउ

इलाम, १० असारः इलामको देउमाई नगरपालिका जितपुरमा काठ तस्करी गर्ने एकजना र दुईवटा ट्याक्टर सहित काठ प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा  देउमाई नगरपालिका ९ नवमी बस्ने वर्ष ३७ को सन्तोष गिरी रहेका छन् भने इलाम नगरपालिका ११ सोयाकको जंगलबाट सखुवाको रुख काटी चिरान गरी  ल्याउनमा प्रयोग भएको  को १ त १२७ र मे १ त ४१८८नं को ट्याक्टरपनि नियन्त्रणमा लिएको छ । देउमाई नगरपालिका वडा नम्वर ९ जितपुर नवमी स्थित सन्तोष गिरीले घरमा लुकाउदै गरेको अवस्थमा १८४.३४ क्युफिट सालको काठ तथा गोलिया ओसार्न प्रयोग गरीएको दुबै  ट्याक्टर बरामद गरिएको हो । 
ट्याक्टरमा लोटगरेर सालको काठ जितपुर ल्याउदै गरेको गोप्य सुचना प्राप्त भए पश्चात इलाका प्रहरी कार्यालय मंगलबारेबाट  प्रहरी निरीक्षक राजकिशोर साह तेलीको कमाण्डमा  खटाईएको टोलीले  उक्त सालको काठ तथा गोलिया ओसार्न प्रयोग गरीएको दुबै  ट्याक्टर खानतलासी तथा बरामद गरी निज सन्तोष गिरीलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला वन कार्याल इलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी गराए ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता