कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सेवा बन्द

जुम्ला, १० असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ । प्रतिष्ठानमा कार्यरत ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको निर्देशक डाक्टर मंगल रावलले बताउनुभयो ।
आइसोलसन र क्वारेन्टाइनमा खटिएका ४ स्वास्थ्यकर्मीहरुमा गएराती गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ आएको हो । आज प्रतिष्ठानमा कार्यरत अन्य सबै कर्मचारीहरुको पीसीआर टेष्ट गरिने प्रतिष्ठान प्रशासनले जनाएको छ । अर्को सुचना जारी नभएसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द रहने पनि सुचना गराइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता