काेराेनाकाे जाेखिम बढेपछि बैतडी सदरमुकाम पूरै सिल गरियाे


बैतडी, १० असार । बैतडीको दशरथचन्द नगरपालिका आजदेखि सिल गरिएको छ । नगरपालिकाका मुख्य बजार क्षेत्रहरु जिल्ला सदरमुकाम गढी, गोठलापानी, शाहीलेक, देहिमाडाैँ लगायतका बजारहरु असार १६ गतेसम्मका लागि पूर्ण रुपमा सिल गरिएको हो ।
ग्रामीण क्षेत्रदेखि मुख्य बजाहरुसम्ममा नागरिकहरु सामाजिक दुरी कायम नगररै हिँडडुल गर्न थालेपछि कोरोनाको संक्रमण बढ्ने भन्दै रोकथाम गर्ने उद्देश्यले नगर क्षेत्र सिल गरिएको नगरपालिकाका उपप्रमुख मिना चन्दले जानकारी दिनुभयो ।
लकडाउन खुकुलो हुँदा आवागमनमा  वृद्धि भएपछि संक्रमण्को जोखिम बढ्न नदिन आजदेखि १६ गते सम्म नगरपालिकाका बजार क्षेत्रहरु पुर्ण रूपले बन्द गरिएकाे उहाँले बताउनुभएको छ ।
नगरपालिकाले औषधि पसल, एम्बुलेन्स र आकस्मिक सवारीसाधन, अत्यावश्यक निर्माण कार्य मात्रै सञ्चालन हुने जनाएको छ । यस्तै जन्ती तथा व्रतबन्धमा पनि १५ जना मात्रै सम्मेलित हुन पाउने, बैंक तथा वित्तीय संस्था तीन दिन मात्र (आइतबार, मंगलबार र बिहीबार) खुल्ने बताइएको छ ।
दशरथचन्द नगरपालिकाका  अहिलेसम्म २९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । पछिल्लो समय बैतडीका स्थानीय तहहरु कोरोना संक्रमण फैलिन नदिन निश्चित क्षेत्र सिल गर्न थालेका छन् । यसअघि पाटन नगरपालिकाले पनि असार १५ गते सम्मका लागि नगरक्षेत्रका बजारहरु सिल गरको छ भने सिगास गाउँपालिकाका वडा नं १ र २ ले पनि सम्पूर्ण टोलहरु सिल गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता