भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक जनामा कोरोना पुष्टि


चितवन, २६ जेठ । भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक जनामा कोरोना पुष्टि भएको छ । ज्वरो र खोकी लागेपछि शनिवार राति अस्पताल आएका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेका ३५ बर्षका पुरुषको कोरोना परीक्षण गर्दा पोजिटिभ आएको हो ।
उनको कोरोना परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको थियो । हुप्सेकोटको क्वारेन्टाइनमा बसेका उनको स्वाब भरतपुर नआउँदै पोखरा पठाईएको थियो ।
कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ आएको भरतपुर अस्पतालका फिजिसियन डा।कल्याण सापकोटाले जानकारी दिनुभयो । अहिले उनको आईसीयूमा राखेर अक्सिजन मार्फत उपचार भइरहेको छ ।
उनको स्वास्थ्य जटिल स्थिर रहेको डा।सापकोटाले जानकारी दिनुभयो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिए पछि ती पुरूषलाई क्वारेन्टाइनबाट रिफर गरेर भरतपुर अस्पताल कोभिड आइसीयूमा ल्याईएको थियो ।
उनी ११ दिनअघि भारतबाट आएको भरतपुर अस्पतालले बताएको छ । घरआएपछि सोझै क्वारेन्टाइनमा बस्न गएका थिए ।
यी पुरुषसंग चितवनमा आठजना संक्रमित उपचाररत छन् । त्यसमध्ये चितवनका तीन र नवलपरासीका पाँच जना रहेका छन् । यसअघि तीन जना निको भएर घर गइसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता