काेराेना संक्रमित एक ६० वर्षीय पुरुषको पोखरा आइसोलेसनमा मृत्यु


पाेखरा, २६ जेठ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसनमा रहेका एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए अनुसार काेराेना संक्रमणका कारण आइसोलेसनमा भर्ना भएका ६० वर्षीय पुरूषकाे उपचारका क्रममा मृत्यु भएको हाे ।
मृतक पुरूष स्याङ्जाकाे बालिङ नगरपालिका स्थायी ठेगाना रहेकाे र उनमा काेराेना संक्रमण भएकाे निर्देशनालयले जनाएकाे छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले विज्ञप्ति मार्फत् ती पुरूषकाे मृत्यु भएकाे पुष्टि गर्नुभएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता