दाेलखामा २ जनामा काेराेना भाइरस संक्रमण


दोलखा, १५ असार । दाेलखामा २ जनामा काेराेना भाइरस संक्रमण देखिएकाे छ । जिल्लाकाे गौरीशंकर गाउँपालिका वडा न ५ सुरिको हलेशोर मावि क्वारेन्टाइनमा रहेका दुई जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको हाे ।
भारतलगायत तेस्रो मुलुकबाट आएका २५ जना उक्त क्वारेन्टाइनमा बसिरहेकाे बताइएकाे छ । तीमध्ये ७ जनाको पीसीआर परिक्षणका लागि स्वाब पठाएकोमा २ जनाको रिपोर्ट पाेजेटिभ देखिएको हाे  ।
पाेजेटिभ देखिनेमा १ जना महिला र १ पुरुष रहेका छन् । उनीहरुको सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि पीसीआर  परिक्षणको तयारी भैरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता