रौतहटका २९ वर्षीय कोरोना संक्रमित युवकको ललितपुरमा मृत्यु



काठमाडौं, १५ असार । ललितपुरस्थित स्टार अस्पतालमा रौतहटका एक कोरोना संक्रमित युवककाे मृत्यु भएको छ । मृत्युपश्चात उनमा काेराेना संक्रमण पुष्टि भएकाे अस्पतालले जनाएकाे छ ।
अस्पतालमा उपचाररत रौतहटका २९ वर्षीय युवकको मृत्यु भएको ललितपुरका स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले पुष्टि गर्नुभएकाे छ । डा गेलालका अनुसार शनिबार उपचारकै क्रममा मृत्यु भएका ती युवककाे पीसीआर रिपाेर्ट आज (साेमबार) बिहान आएकाे हाे । डा गेलालले ती युवककाे रिपाेर्टमा काेराेना पाेजेटिभ देखिएकाे बताउनुभयाे ।
अस्पताल स्राेतका अनुसार ती युवक दमका रोगी थिए । उनलाइ उपचारका लागि भेन्टिलेटरमा राखिएको केहीबेरमै मृत्यु भएको बताइएकाे छ । यद्यपि यसकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा पुष्टि हुन बाँकी छ । यसअघि नेपालमा काेराेना संक्रमणका कारण २८ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता