थप ४ सय ७६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १३ हजार २ सय ४८ पुग्यो


काठमाडौं, १५ असार । मुलुकमा थप ४ सय ७६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ७६ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७ सय ९१ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ हजार ८ सय २२ जनाको परीक्षण गरिएको छ । पीसीआर विधिबाट हालसम्म कुल २ लाख २३ हजार ६ सय ३० जनाको परीक्षण सम्पन्न भएको छ भने आरडीटी विधिबाट हालसम्म कुल २ लाख ९७ हजार ८ सय ७१ को परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार निको भएर डिस्चार्ज हुनेको पछिल्लो कुल संख्या ३ हजार १ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ महिला र १ सय ८ पुरुषसहित कुल १ सय २१ जना डिस्चार्ज भएका छन् ।
यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ५७ हजार ३ सय ८६ रहेको छ भने आइसोलेसनमा १० हजार ८५ रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता