इलामको माई नगरपालिकामा अघिल्लो दिन नेगेटिभ भनिएर घर पठाइएका एक जनामा कोरोना पोजेटिभ

इलाम, १४ असारः इलामको माई नगरपालिकामा आईताबार एक जनामा कोरोना पोजेटिभ भेटिएको छ । भारतको गुजरातबाट आएका माई–३,बरपानीका २५ बर्षिय युवामा कोरोना पुष्टी भएको स्वास्थ्य प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो ।
गत असार ४ गते भारतको गुजरातबाट आएका उनको असार ९ गते पिसिआर परिक्षण गरिएको थियो । गरुवा बहुमुखि क्याम्पस माईमा रहेका १४ जना र फ्रन्ट लाईनका २४ जना गरी ३८ जनाको पिसिआर परिक्षण गरिएकोमा  शनिबार विराटनगरको ल्यावमा गरिएको परिक्षणमा सवैको रिपोट नेगेटिभ आएको जानकारी आएको थियो । तर विहान विराटनगर ल्यावले एकजनामा कोरोना पोजेटिभ रहेको जनकारी गराएको थियो । कोरोना पोजेटिभ आउनेमा माइनगरपालिका ३  बरपानीका २५ वर्षिय युवा रहेको र उनको रिपोट अघिल्लो दिन विराटनगरबाट नेगेटिभ पठाएकोले उनलाई शनिबारनै आफ्नो घर पठाईएको थियो । आइतबार फेरी पोजेटीभको खवर आए पछि उनलाई आजै गोठगाँउ कोरोना अस्पताल लगिएको छ ।
यसै बिच उनी संगै गुजरातबाट आएका माई १० का २६ बर्षिय पुरुषलाई पनि पिसिआर नेगेटिभ आए पनि थप परिक्षणका लागि क्वारिन्टीनमानै राखिएको छ । काेराेना संक्रमित युवाकाे  बरपानीमा रहेको घर शिल गरेर परिवारलाई पनि क्वारेन्टाइनमा राखिने कट्टेलले जानकारी दिए । 
माइनगरपालिकामा कोरोना संक्रमित १ जना थपिए सँगै इलाममा संक्रमितको संख्या ८ पुगेको छ । दूइजना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता