थप ३ सय ३१ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो


काठमाडौं, ६ असार । मुलुकमा थप ३ सय ३१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ३१ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापामा १ जना, सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको छ । विराटनगर प्रयोगशालामा मोरङमा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै जनकपुर प्रयोगशालामा भएको परीक्षणमा महोत्तरीमा २४ जना, सर्लाहीका ३ जनामा संक्रमण देखिएको छ । त्यस्तै नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका ३ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १, बाग्लुङका १४ जना, बैतडीका १८, गुल्मीका १८ जना, डडेल्धुराका १२ जना, डोटीका ६१ जना, कैलालीका १, काठमाडौँका १ जना, नवलपरासी पूर्वमा १७ जना, नवलपरासी पश्चिममा १ जना, पाल्पाका १, रामेछापका ३ जना, रौतहटका २ जना, रुपन्देहीका १ जना, सर्लाहीका ६ जनामा संक्रमण देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धादिङका ८ जना, पाल्पाका १६ जना, भत्तपुरका ७ जना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना, स्याङजाका १ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै किट जन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौटामा गरिएको परीक्षण रौतहटका ५ जनामा संक्रमण देखिएको छ । त्यस्तै शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जनामा संक्रमण देखिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाग्लुङका ६ जनामा संक्रमण पुष्टि भएको छ । प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा नवलपरासी पूर्वका ११, तनहुँका २३ जनामा संक्रमण देखिएको छ । प्रादेशिक जनस्वास्थ्य रुपन्देहीमा पाल्पाका १६ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै नेपालगंज प्रयोगशालामा बाँकेका १४ जना, बर्दियाका ७ जनामा संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान दाङ प्रयोगशालामा रुकुम पश्चिमका १ जना, दाङका ४ जना, प्यूठानका ८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, हालसम्म एक लाख दुई हजार दुई सय ४५ क्वारेन्टाइनमा छन् भने आइशोलेसनमा ७ हजार पाँच जना रहेका छन् । हालसम्म पीसीआरबाट एक लाख ६९ हजार १ सय ६५ वटा परीक्षण भएका छन् भने आरडीटीबाट दुई लाख ५२ हजार ३०० वटा परीक्षण भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता