लघुकथा:-शुबी उठ!


  • कोषवल्लभ रेग्मी


"म बाहिर गएर केही खानेकुराको व्यवस्था गरेर आउँछु।तैंले घरमै बसेर बिस्कुन राम्रो सुकाएस् है!"-आमा चिबीले आफ्नी छोरी शुबीलाई भनी र काममा हिँडी।
शुबीले घरमा भएको अन्न घाममा सुकाई।घाम ढले पछि उठाएर राखी।
बेलुकी आमा घरमा आइ।उसले भाँडोमा भएको अन्न हेरि र भनी-"ऐ शुबी !अन्न त बिहानको भन्दा कम छ त?के गरिस्,कसलाई बाँडिस् हँ?"
"केही गरेकी छैन आमा!राम्ररी सुकाएर राखेकीमात्र हुँ।"-शुबीले भनी।
भोलिपल्ट पर्सिपल्ट पनि चिबी छोरीलाई उही काम अराएर बाहिर जान्थी।तर दिनहुँ अन्न घटिरहेको थाहा पाएर ऊ छोरीलाई बारम्बार टोकसो गरि रहन्थी -"पक्कै तैँले केही गरिस्!अन्न कसैलाई बाँडि रहेकी हुनुपर्छ नत्र कसरी घट्छ?"
"आमा मैले पहिलानै भनी हालें कसैलाई दिएकी र बाँडेकी छैन भनेर।दिनभरि सुकाएर राखेकी हुँ।"-ऊ रुन्चे स्वर पार्दै बोली।
चिबीलाई शुबीको कुरामा विश्वास लागेन।ऊ छोरीलाई कराउने झम्टने गरिरही।
आमाको यातना सहन नसकेर एकदिन शुबी घरबाटै वेपत्ता भई।
छोरी हिडें पछि चिबीले अन्न घाममा सुकाई।बेलुका उठाएर भाँडोमा हाली -"ए!आन्न त आज पनि घट्यो"-ऊ छक्कपरी।यसैगरी उसले दिनहुँ बिस्कुन सुकाई,उठाई तर पटक्कै पिच्छे अन्न घटेको थाहापाई।
"मैले गल्ती गरेँछु"-उसलाई पश्चाताप भयो।ऊ शुबीलाई खोज्दै यताउता दौडिन थाली।एकदिन उसले छोरी शुबीलाई कुनै ठुलो रुखको फेदमा मृत अवस्थामा फेलापारी।उसलाई अह्सय पीडा भयो"-मैले छोरीलाई बिनाकारण अन्याय गरेँछु।"ऊ छोरीको मायाले खाना खान पनि छाडिदिई।
पश्चातापको पीडाले उसले पनि एकदिन प्राण त्याग गरी।तर उसको आत्माले शान्ति पाएन।ऊ चरा बनी उड्न थालि र रुखको हाँगामा बसेर आज सम्म पनि कराई रहेकी छे-"...शुबी...!शुबी...!!उठ...!!!उठ....!!!!
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता