इलाममा SLR राइफलका गोलीसहित युवक पक्राउ, ‘Gen-Z आन्दोलन’सँग जोडिएको प्रारम्भिक खुलासा

 


इलाम — जिल्लाको सन्दकपुर गाउँपालिका–३ कोइराला गाउँमा संकास्पद अवस्थामा बसेका एक युवकलाई प्रहरीले SLR राइफलका गोलीसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मिति २०८३ वैशाख ११ गते बेलुका करिब ८ बजे प्रहरी चौकी बन्दुकेबाट खटिएको टोलीले इलाम नगरपालिका–५ बिब्ल्याटे बस्ने अन्दाजी १८ वर्षीय विश्वास राईलाई चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा सामग्री फेला पारेको हो।
प्रहरीका अनुसार उनको साथबाट
– SLR राइफलमा प्रयोग हुने ७.६२ एमएमका २५ राउण्ड गोली,
– चार्जर ब्रिज ५ थान,
– बिन्दुली १ थान,
– नगद रु. १६,७२५,
– अलैँची टिप्न प्रयोग हुने सिकल ४ थान र हँसिया १ थान,
– रेड्मी मोबाइल १ थान तथा Itel कम्पनीको अर्को मोबाइल (सिम र ब्याट्री बिना)
बरामद गरिएको छ।
उक्त सामग्रीसहित उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका राईले उक्त गोलीहरू काठमाडौंको रत्नपार्क नजिक रहेको प्रहरी कार्यालयबाट ‘Gen-Z आन्दोलन’ को समयमा लुटिएको दाबी गरेको प्रहरी स्रोतले जनाएको छ। यद्यपि उक्त दाबीको आधिकारिक पुष्टि हुन बाँकी रहेको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले स्पष्ट पारेको छ।
यस घटनाले जिल्लाको शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ भने अवैध हतियार तथा सामग्रीको ओसारपसार नियन्त्रणमा कडाइ आवश्यक रहेको देखिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment