जङ्गली बदेलको आतंकले माइजोगमाई–६ प्याङका किसान हैरान


इलाम — जिल्लाको उत्तर–पूर्वी क्षेत्र माइजोगमाई गाउँपालिका–६ प्याङका विभिन्न बस्तीमा पछिल्लो समय जङ्गली जनावर बदेलको आतंक बढ्दै गएको छ। रातिको समयमा बस्ती नजिकै आइपुग्ने बदेलले आलु, मकै लगायतका खेतीबालीमा ठूलो क्षति पुर्‍याउन थालेपछि स्थानीय किसान चिन्तित बनेका छन्।
स्थानीयका अनुसार प्याङका साथै थुम्केरानी क्षेत्रमा पनि बदेलको समस्या उस्तै रहेको छ। खेतबारीमा लगाएको बाली रातारात नष्ट हुन थालेपछि किसानहरू आफ्नो मेहनत खेर जाने चिन्तामा छन्।
विशेषगरी आलु, मकैसँगै स्कुस (चायोटे) जस्ता बालीमा बदेलले उधिने, खन्ने र पूर्णरूपमा नष्ट गर्ने गरेको स्थानीयले बताएका छन्। खेती जोगाउन विभिन्न उपाय अपनाए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको गुनासो किसानको छ।
कृषि उत्पादनमा निरन्तर क्षति हुन थालेपछि स्थानीयले सम्बन्धित निकायसँग जङ्गली जनावर नियन्त्रण तथा संरक्षणका प्रभावकारी उपाय अपनाउन माग गरेकाे स्थानीय तेज कठेतले माइपाेखरी न्युजलाइ जानकारी गराएकाछन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment