इलामको माङसेबुङमा देवर भाउजू एउटै रुखमा झुण्डीएको अवस्थामा मृत फेला

इलाम, ६ असारः इलामको माङसेबुङमा हराएका   देवर भाउजू मृत भेटिएका छन । इलामको माङसेबुङ गाँउपालिका– ६ मावा टोल बस्ने २७ वर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गीता राई मृत भेटिएका हुन ।
बिहीबार दिउँसोबाट हराएका उनीहरुको शव झुण्डीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।   
बिहीबार बिहान  घरबाट कसैलाई केही नभनी हिडेका दुईजना बेलुकासम्म घर नफर्किए पछी आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान घर देखी करिब सातसय मिटर परको दार जातको रुखको एउटै हांगामा झुण्डीएको अवस्थामा भेटिएका थिए । स्थानीयले झुण्डीको अवस्थामा भेटेपछि प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए ।
अहिले सवको पष्टमाटम गरेर आफन्तलाई वुझाएको र  घटनाको  ईलाका प्रहरी कार्यालय मंगलबारेको टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जानकारी गराएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता