संक्रमण फैलिनुमा सरकारको कार्यशैलीमै दोष, संक्रमितको संख्या भयावह हुन सक्ने


काठमाडौं, १६ असार । सरकारले कोभिड-नाइन्टिन महामारीको रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चालेको दाबी गर्दै आएको छ । तर, सरकारको कार्यशैली कमजोर रहेको विभिन्न निकायहरुले टिप्पणी गरेका छन् ।
हालैमात्र नेपाल जनस्वास्थ्य संघले महामारी रोकथाम तथा नियन्त्रणमा सरकारको कार्य प्रभाबकारी नभएको निष्र्कष निकालेको छ । संघले कन्ट्रयाक्ट ट्रेसिङ कम भएको मात्र नभइ पीसीआर रिपोर्ट पनि ढिलो आउने समस्या उजागर गरेको छ ।
महामारी समुदाय मै फैलिसकेको नेपाल जनस्वास्थ्य संघको निष्कर्ष छ । सरकारी दाबीलाई काट्ने गरी संघले अहिलेकै अवस्था रहे कोरोना संक्रमितको संख्या भयावह हुने चेतावनी दिएको छ ।
व्यवहारिकरुपमा असफल बनेको आरडीटी परीक्षण तत्काल बन्द गर्न, क्वारेन्टाइनमा बसेकाहरुको कम्तिमा तीन दिनभित्र भित्र पीसीआर परीक्षणपछि रिपोर्ट दिन सरकारलाई सुझाब दिएको छ ।
कोरोना संक्रमितको उपचार र रोग पहिचानमा खटिएका १ सय ४७ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । स्वास्थ्यकर्मी नै संक्रमित हुँदा एक त संक्रमितको उपचारमा खटिने जनशक्तिको कमि हुन्छ अर्को स्वास्थ्यकर्मीबाट संक्रमण फैलिने सम्भावना बढ्छ ।
त्यसैले संघले महामारीमा अग्रपंतिमा खटिएका स्वास्थ्य कर्मीहरुको सुरक्षा, आवश्यक जोखिम भत्ता तथा आवधिक रुपमा अनिबार्य पिसिआर टेस्ट र विश्व स्वास्थ्य संगठनको निर्दशिका अनुसार एक हप्ताकाम गरे पछि अनिवार्य क्वारेन्टाइनमा बस्ने आवश्यक बाताबरण मिलाउन सरकार समक्ष माग गरेको छ ।
जनस्वास्थ्य संघले स्वास्थ्यका संघसंस्थासँग समन्वय गरेर जनशक्ति, पूर्वाधार र सामग्रीको पर्याप्त व्यवस्थापन गर्न सरकारलाई सुझाब दिएको छ । स्थानीय तहमा कम्तिमा एक जना स्नातक जनस्वास्थ्यर्की परिचालन गर्न, कन्ट्रयांक ट्रेसिङको र केस इभेन्टिगेसन टीम गठन गर्न समेत सुझाब दिएको छ ।
यता, स्वास्थ्य मन्त्रालयले भने प्रभावकारी रहेको दाबी गर्छ । संघका अनुसार संक्रमणको बेला परिचालन गर्न जनास्वस्थ्याका दक्ष जनशक्तिमात्रै ६ हजार भन्दा बढी छन् । तर स्वास्थ्य मन्त्रालयले ति जनशक्तिलाई आवश्यक ठाउमा परिचालन गर्न सकेको छैन ।
न्युज २४ नेपालबाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता