पेट्रोलियम पदार्थमा मूल्य वृद्धि, पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ बढाइयो


काठमाडौं, १६ असार । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रति लिटर ५ रुपैयाँ बढाएको छ ।
निगमले इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।
बढेको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैसा कायम भएको छ । आयल निगमको निर्णय अनुरुप अब पेट्रोलको खुद्रा मूल्य प्रति लिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रति लिटर २/२ रुपैयाँ बढेको छ ।
निगमले गरेको खुद्रा मूल्य समायोजनपछि थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मट्टितेल ८७ रुपैयाँ पर्न जानेछ ।
यसैगरी पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा र मट्टितेल ८६ रुपैयाँ ५० पैसा पर्ने छ ।
चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगञ्ज र धनगढीका लागि पेट्रोल प्रति लिटर ९९ रुपैयाँ ५० पैसा, डिजेल प्रति लिटर ८५ रुपैयाँ ५० पैसा र मट्टितेल प्रति लिटर ८५ रुपैयाँ ५० पैसा कायम हुने छ ।
हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने निगमले यथावत राखेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता