नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो : स्वास्थ्य मन्त्रालय


काठमाडौं, ७ असार । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थप १ को मृत्यु भएको जानकारी दिनु भएको हो ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृतक गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वर्ष ६९ का पुरुष हुन् ।
प्रवक्ता डाक्टर गौतमले दिएको जानकारी अनुसार उनी प्यारालाइसिस उपचारका क्रममा भारत गएर गत जेठ २५ गते नेपाल आएका थिए । नेपाल आएपछि उनी होम क्वारेन्टाइनमा बसेको जानकारी पनि दिइएको छ ।
उनको मृत्यु शुक्रवार घरमै भएको थियो । शुक्रवार नै स्वाब संकलन गरी भैरहवा पठाइएकोमा शनिवार पीसीआर पोजिटिभ देखिएको थियो ।
नेपाली सेनाको सहयोगमा मृतकको शवको व्यवस्थापन शनिवार नै भइसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता