काठमाडौं, ७ असार । मुलुकमा थप ४ सय २१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय २१ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।