अर्जुनधारामा २ वर्षीया बालिकासहित ३ जनामा कोरोना संक्रमण पुष्टि

झापा, ७ असारः अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका एक बालिकासहित तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भारतको विहारबाट काँकरभिट्टा नाका भएर जेठ २७ गते आएका २ वर्षीया एक बालिकासहित एक महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य कार्यालय अर्जुनधाराले जनाएको छ ।२ वर्षीया बालिकाकी आमाको उमेर २२ वर्ष र अर्का पुरुषको उमेर २३ रहेको छ । उनीहरुसँगै स्वाब संकलन गरिएका अन्य २४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरुको जेठ ३ गते स्वाब संकलन गरिएको थियो ।२४ जनाको रिपोर्ट शनिबार नै आए पनि तीन जनाको पीसीआर परीक्षणमा शंका लागेपछि पुनः परीक्षण गर्दा आइतबार दिउँसोमात्र रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।यसअघि यस क्वारेन्टाइमा रहेका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अर्जुनधाराका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।कोरोना संक्रमित व्यक्तिलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता