दैलेखमा ८६ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित ७२१ पुगे


दैलेख, ४ असार । पछिल्लो २४ घण्टामा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै दैलेखमा संक्रमितको संख्या ७ सय नाघेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सरकारले दैलेखलाई रेड जोनमा राखेको छ ।
साथै, सरकारले उच्च संक्रमित जिल्लामा लकडाउनलाई कडाईकासाथ लागू गर्ने पनि बताएको छ । जिल्ला प्रशासन कार्यालयले लकडायनलाई निरन्तरता दिइरहेको छ । कोरनाबाट संक्रमित हुनेको संख्या पनि निरन्तर बढिरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विहीबार दैलेखको महाँबु गाँउपालिकामा ७६ जना, दुल्लु नगरपालिकामा २ जना, चामुन्डाबिन्द्रासैनी नगरपालिकामा २ जना, भैरवी गाँउपालिकामा १ जना र गुराँस गाँउपालिकामा ५ जना गरी कुल ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ७२१ पुगेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार नारायण नगरपालिकामा १९९ जना, दुल्लु नगरपालिकामा ७४ जना, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ३ जना, आठबीस नगरपालिकामा २१ जना, ठाँटीकाँध गाँउपालिकामा ३ जना, भैरवी गाँउपालिकामा १० जना, महाँबु गाँउपालिकामा १८४ जना, नौमुले गाँउपालिकामा १४१ जना, भगवतीमाई गाँउपालिकामा ११ जना, डुङ्गेश्वर गाँउपालिकामा ८८ जना र गुराँस गाँउपालिकामा ७ जना कोरोना संक्रमित भेटिएका छन ।
कोरोना संक्रमितहरुमध्ये ४६ जना महिला र ६७५ जना पुरुष रहेका छन् । त्यसैगरी २३ जना महिला र ३११ जना पुरुष गरी कुल ३३४ जना निको भएर डिस्चार्ज भइसकेका छन् । त्यस्तै, डिस्चार्ज गरिएका कतिपयको दोस्रो पीसीआर रिपोर्ट आउन बाँकी नै रहेको जनाइएकाे छ ।
दैलेखमा आरडीटी टेस्ट गरी घर पठाइएकाहरुको पीसीआर रिर्पोट पोजेटिभ देखिएपछि नारायण क्याम्पसबाट पठाइएका ८७ जनालाई घरबाट फिर्ता बोलाएर आइसोलेसनमा राखिएको थियो । त्यस्तै, महेन्द्र मा.वि.को क्वारेन्टाइनमा रहेका १५ जनालाई नारायण नगरपालिकाले असार २ गते घर पठाएको छ ।
उनीहरुमध्ये १३ जानको कोरोना रिपोर्ट पोजेटिभ आएको स्थानीय उदयराम शर्माले बताए । यसले गर्दा स्थिति असामान्य बनेको र संक्रमण स्थानीय स्तरमा पनि फैलिन सक्ने भन्दै उनले चिन्ता ब्यक्त गरे ।
स्वास्थ्य मन्त्रालयको निर्देशन र सीसीएमसीको निर्णय अनुसार कोरोना पोजेटिभ देखिएका तर १८/२० दिनसम्म कुनैपनि लक्षण नदेखिएकालाई घर गएर होम क्वारेन्टाइनमा बस्न भन्दै पठाइएको हुन सक्ने स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन थिर प्रसाद रेग्मीले बताए ।
घरमा पठाउने, आइसोलेसनमा राख्ने र खानालगायतको सम्पूर्ण ब्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारहरुको रहेको उनले बताए ।
अस्त ब्यस्त क्वारेन्टाइन र संक्रमितको संख्या बढेसंगै क्वारेन्टाइनलाई नै आइसोलेसनमा परिणत गरेर संक्रमितलाई राखिएको छ । स्वाब संकलन गरी पठाइएको तर, रिपोर्ट आउन मात्र एक सातादेखि १५ दिनसम्म लाग्ने बताइएको छ ।
सोही कारण आइसोलेशनमा बस्नेहरुले पटक पटक आन्दोलन पनि गरिसकेका छन् । दैलेखको सदरमुकामको बीचमा रहेको त्रि.उ.मा.वि.मा रहेकाले मात्रै ३ पटक आन्दोनलन गरिसकेका छन् । स्थिति असामान्य भएपछि लाठी चार्ज नै गर्नुपरेको थियो, र ४ जना घाइते भएका थिए ।
न्युज२४बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता