असार मसान्तसम्म संक्रमित ४० हजार पुग्ने स्वास्थ्य मन्त्रालयको आंकलन यसरी मिल्दैछ


  • रिया भण्डारी,
काठमाडौं, ४ असार । कोरोनाको कहाली नेपालमा दिनानुदिन थपिदो छ । बिहीबार अहिलेसम्मकै उच्च संख्यामा संक्रमित फेला पर्दा यो अझ बढ्ने अनुमान गर्न अब गाह्रो पर्दैन पनि ।
पीसीआर परीक्षणमा अझै पनि गति सुस्त रहदा र भारतबाट आएका अझै ठूलो संख्याका नेपाली नागरिकको परीक्षण बाँकी नै रहेको विद्यमान अवस्थामा यो संख्याले थप उछाल लिन सम्भावना प्रवल छ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै साउनमा नेपालमा धेरै संक्रमित थपिने र मुलुकले आगामी फागुन महिनामात्र कोरोनाको कहालीबाट मुक्ति पाउने बताइसक्नु भएको छ ।
कोरोना भाइरसको पछिल्लो समय बढिरहेको तथ्यांकलाई हेर्ने हो भने अवस्था धान्नै नसकिने गरी समाजमा फैलने जोखिम बढ्दै गएको छ । नेपाली जनता भने सरकारले लकडाउन केही खुकुलो गरिदिने बित्तिकै महामारीको प्रकोप सकिएजस्तै सामान्य अभ्यासमा फर्किसकेका छन् ।
जसका कारण संक्रमणको जोखिम फैलने त्रास बढिरहेको छ । असार महिनाको अन्त्यसम्ममा संक्रमितहरूको संख्या ४० हजार नाघ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको छ ।
अव्यवस्थित क्वारेन्टाइन, आइसोलेसन बेडको अभाव भएका समाचार निरन्तर विभिन्न जिल्लाबाट आइरहेको भएपनि सरकार भने कोरोनामुक्त भएर निको हुने संक्रमितको संख्या बढीरहेकाले संक्रमण नियन्त्रण बाहिर नजाने दावी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको छ ।
यता, केही संक्रमित देखिएलगत्तै संक्रमण नियन्त्रणको कार्यविधि बनाएको मन्त्रालयको आउँदा दिनमा जोखिम न्यूनीकरण गर्ने योजना अहिलेसण सार्वजनिक भएको छैन । तर, मन्त्रालय भने संक्रमण नियन्त्रण कार्यविधि सहितको प्रतिबेदन तयार गरिरहेकाले संक्रमितको उपचार र रोग नियन्त्रणमा सहज हुने दावी गर्दै आएको छ ।
मन्त्रालयका अनुसार देशभरको ८ सय ४० आइसीयु र ३ हजार ७६ वटा आइसोलेसन बेड छन् । तर, संक्रमितको संख्यालाई हेर्ने हो भने यसले संक्रमण धान्न सक्ने अवस्था छैन ।
संक्रमणको अवस्था गम्भीर नभएपनि संक्रमण पुष्टि हुनु अगावै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । तर प्रधानमन्त्री ओली भने मृत्युको सरकारी तथ्यांकलाई नै मान्न स्वीकार गर्नु हुन्न ।
उहाँका अनुसार विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड अनुरुपको परीक्षणलाई पछ्याउ्दा मृत्युको यस्तो संख्या आएको दावी गर्नु हुन्छ । उहाँका अनुसार मृत्यु हुनेको वास्तविक संख्या ३ रहेको हुन सक्ने बताउँदै २० जनाको मृत्यु भएको तथ्य आएपनि यो संख्या वास्तविक नभएको जिकिर गर्नु हुन्छ ।
अझ उहाँले नेपालको उपचार विधि र नेपालीको प्रतिरोधी क्षमताका कारण पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या धेरै कम भएको बताउन समेत पछि पर्नु हुन्न ।
पीसीआर परीक्षण नगरी क्वोन्टाइनबाट घर फर्काउने प्रवृति धेरै जिल्लामा देखिएका छन् ।

आरडीटी परीक्षणमाथि ठूलो प्रश्न उठे पनि अझै सरकारी धेरै निकायले यसैलाई नै धेरै ठाउँमा पहिलो र अन्तिम आधार मानेको अवस्था पनि प्रष्ट छ । आरडीटी नेगेटिभ आएपछि धर फर्केकाहरुको पछि पीसीआर परीक्षण गर्दा पोजिटिभ आएको घटना दिनानुदिन बढिरहेका छन् ।
त्यसमाथि संक्रमितहरुका लक्षण नेखिएको भन्दै बिना परीक्षण घर फर्काउने निर्देशिका स्वास्थ्य मन्त्रालयबाट जारी भए पछि अर्को भयावह तस्बीर अगाडि आउन थालेको छ ।
धेरै जिल्लाका पालिकाहरुमा रहेका संक्रमितलाई धमाधम त्यही निर्देशिका अनुसार छाड्दा समुदायमा कोरोना संक्रमण फैलन अवस्थालाई नकार्न सकिन्न । यही आधारलाई टेकेर हेर्ने हो भने स्वास्थ्य मन्त्रालयले असार महिनाको मसान्तसम्ममा संक्रमितको संख्या ४० हजार नाघ्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण नमिल्ला भन्न सकिन्न ।
न्युज२४नेपालबाट जस्ताकाे तस्तै
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता