रुसमा कोरोना भाइरसको संक्रमणबाट एक महिनाभित्र ३८८ चिकित्सकको मृत्यु


एजेन्सी, ०५ असार । कोरोना भाइरसको संक्रमणका कारण रुसमा पछिल्लो एक महिनाभित्र ३८८ चिकित्सकको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसको संक्रमणबाट रुसमा मृत्यु हुने चिकित्सकको संख्या ४८९ पुगेको सरकारी संस्था रोजद्रावनादजोरले जनाएको छ । उसले पछिल्लो समय कोरोना भाइरसले चिकित्सकको ज्यान अधिक लिएको उल्लेख गरेको छ ।
रोजद्रावनादजोर रुसको स्वास्थ्य क्षेत्रलाई निगरानी गर्ने संस्था हो । द्रावनादजोरका प्रमुख अला सामोइलोवाले सुरक्षा सामग्रीको वितरणमा समस्या भएकाले यो अवस्था सृजना भएको बाएका छन् । रुसमा कोरोना भाइरसका ५ लाख ६१ हजा ९१ संक्रमित फेला परेका छन् । त्यसमध्ये ७ हजार ६ सय ६० को मृत्यु भइसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता