१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएकै दिन एक युवाकाे मृत्यु


बर्दिया, ५ असार । बर्दियाकाे बारबर्दिया नगरपालिकाले सञ्चालन गरेकाे क्वारेन्टाइनमा १४ दिन बसेर बिहिबार घर फर्किएका ३५ वर्षीया युवककाे बिहिबार राति नै मृत्यु भएकाे छ ।
काठमाडाैंबाट नेपालगञ्ज हुँदै बार बर्दिया पुगेका ती युवक १४ दिन क्वारेन्टाइनमा नै बसेर घर फर्किएका थिए । ती युवाकाे बिहिबार आरडिटी परीक्षण गरिएकाे थियाे । उक्त परीक्षमा काेराेना नेगेटिभ देखाएपछि उनलाई  घर फर्काइएकाे थियाे ।
घर पुगेपछि राति अचानक श्वासप्रश्वासमा समस्या देखिएकाे थियाे । श्वासप्रश्वासमा समस्या देखिएपछि राति नै जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटाेमा नै मृत्यु भएकाे स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गाेकर्ण गिरिले बताउनुभयाे । गिरिले मृतककाे स्वाव गरिने समेत बताउनुभयाे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता