आत्मह'त्या गरेको ६ दिनपछि कोरोना संक्रमण पुष्टि


कालिकोट, ५ असार । बाजुराको क्वारेन्टाइनमा आत्मह’त्या गरेका एक पुरुषमा मरणाेपरान्त कोरोना संक्रमण पुष्टि भएको छ ।
बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्मह’त्या गरेका थिए । आत्मह’त्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र मृतक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताउनु भयो ।
बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित जेठ २८ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी दमको बिरामी रहेको समेत मेयर बडुवालले बताउनुभयाे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता