नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो


काठमाडौं, ४ असार । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप दुई जनाको मृत्यु भएसँगै संख्या २२ पुगेको हो ।
मन्त्रालयका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ४ कैलालीका ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । धनगढीका नवजीवनअस्पतालबाट जेठ ३१ गते संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।
उनको बुधबार साँझ ७ बजे मृत्यु भएको हो । यस्तै, लम्कीचुहा २ कैलालीकै ४३ वर्षीया महिलाको पनि भेरी अस्पतालमा मृत्यु भएको छ ।
जेठ ३१ गते टाउकोमा चोट लागेर नेपालगञ्जमा भर्ना भएकी महिलाको असार ३ गते कोरोना पुष्टि भएपनि उनको मृत्यु असार २ गते नै भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता