भारतमा लकडाउन खुकुलो बनाए सँगै कोरोना संक्रमण खतरनाक बन्दै एकैदिन २ हजार वढीको मृत्यु


काठमाडौं, ३ असाः  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
अहिले एसियाकै महामारी केन्द्र बनिरहेको भारत विश्वमा कोरोना संक्रमित देशको लहरमा चौथो स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।
मंगलबार भारतमा हालसम्मकै सर्वाधिक दैनिक मृत्यु भएको छ । वर्डोमिटर्सको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा २ हजार ६ जनाको मृत्यु भएको छ भने ११ हजार १३५ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ३ लाख ५४ हजार १६१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको वर्ल्डो मिटर्सले जनाएको छ । मंगलबार बिहानसम्म भारतमा संक्रमितको संख्या ३ लाख ४३ हजार २६ थियो भने कोरोबाट मृत्यु हुनेको संख्या  ९ हजार ९१५ थियो ।
अहिले भातरमा १ लाख ५४ हजार ६८८ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी १ लाख ८७ हजार ५२२ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सवैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता