बाँकेमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २० पुग्यो


नेपालगञ्ज, ३ असार । बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
उनकाे नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा असार १ गते मृत्यु भएको थियाे । मृत्युपछि मात्रै स्वाव संकलन गरी काेराेना परीक्षण गरिएकाे थियाे । मंगलबार साँझ उनकाे रिपाेर्ट रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयाे ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
बाँकेमा यसअघि नरैनापुरका युवकको कोरोनाबाट मृत्यु भएको थियो । बाँकेमा ३ सय २३ जना संक्रमित देखिदा दुई सय सात जना डिस्चार्ज भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता