इलामका दोस्रो संक्रमितसँग इलाम आएर लुकिछिपी वस्ने युवाको पिसिआर रिपोट नेगेटिभ, इलाममा २ संक्रमित ६०८ जनाको रिपोट नेगेटिभ

इलाम, २ असारः इलाममालाई शसंकित वनाउने दोस्रो कोरोना संक्रमितसंग आएर इलाममा लुकिछिपी वस्ने युवाको पिसिआर रिपोट नेगेटिभ आएको छ । मुम्वैबाट आएका ति युवा काँकरभिट्टा नाकाबाट नेपाल छिरेका थिए । उनी कसैलाई नभनी इलाममा आएर लुकिछिपी वसेको अवस्थामा जेठ ३० गते शुक्रबार पक्राउ गरेर क्वारेन्टाइनमा पठाइएको थियो । 
उनलाई लुकिछिपी वस्न खाना दिएर सहयोग गर्ने महिलाको पनि पिसिआर रिपोट नेगेटिभ आएको छ । इलाममा हाल सम्म ६१८ जनाको पिसिआर टेस्ट गरिएको छ । हाल इलाममा २ संक्रमित छन् भने ६०८ जनाको रिपोट नेगेटिभ आएको र ८ जनाको रिपोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल प्रशन बिमल बरालले जानकारी गराए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता