भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघ्यो, ४ लाख ४० हजार संक्रमित

काठमाडाैं, ९ असार । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे संख्या लागातार २ दिन १५ हजारभन्दा माथि पुगेर साेमबार भने तल झरेकाे छ । त्यहाँ अघिल्ला २ दिन लगातार १५ हजारभन्दा बढी दैनिक संक्रमित फेला परेकाेमा साेमबार भने साढे १३ हजार नयाँ संक्रमित फेला परेका हुन् ।
अहिले भारतमा कुल सङ्क्रमित संख्या ४ लाख ४० हजार ४५० पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । साेमबार त्यहाँ एक दिनमा १३ हजार ५४० नयाँ संक्रमित थपिएका छन् । आइतबार एकै दिन त्यहाँ १५ हजार १८३ नयाँ संक्रमित फेला परेका थिए भने शनिबार एकैदिन हालसम्मकै बढी १५ हजार ९१५ नयाँ संक्रमित थपिएका थिए । शुक्रबार पनि भारतमा १४ हजार ७२१ नयाँ संक्रमित थपिएका थिए ।
भारतमा काराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या पनि १४ हजार नाघेकाे छ । वर्डाेमिटर्सका अनुसार अहिलेसम्म भारतमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या १४ हजार १५ पुगेकाे छ । पछिल्लो २४ घण्टाको अवधिमा (साेमबार) मात्र भारतमा काेराेनाबाट ३१२ जनाकाे ज्यान गएकाे छ । अाइतबार भने हालसम्मकै बढी ४२६ जनाकाे मृत्यु भएकाे बताइएकाे थियाे । शुक्रबार पनि त्यहाँ ३६६ जनाकाे र शनिबार ३०७ जनाकाे ज्यान गएकाे थियाे ।
अहिले भारतमा १ लाख ७८ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी २ लाख ४८ हजारभन्दा बढी मानिसचाहिँ सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । साेमबार मात्र त्यहाँ १० हजार ८८५ जना निकाे भएका छन् भने आइतबार ९ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता