कैलालीको लम्कीचुहामा ५८ जनामा कोरोना पुष्टि, घरमा रहेका संक्रमितलाई घरमै बस्न आग्रह


कैलाली, ८ असार । कैलालीको लम्कीचुहा नगरपालिकामा ५८ जनामा कोरोना पोजिटिभ देखिएको छ । एकै दिन ५८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको लम्कीचुहा नगरपालिकाले जानकारी दिएको छ ।
आरडीटी पोजिटिभ देखिएर लम्की बहुमुखी क्याम्पसमा राखिएका २ सय ४४ जनामध्ये २१ दिन क्वारेन्टाइनमा बस्दा समेत पीसीआर रिपोर्ट नआएका ९३ जनामध्येका ५८ जनाको सोमबार साँझ रिपोर्ट आउदा कोरोना पोजिटिभ देखाएको हो ।
स्थान अभावमा कतिपयलाई घर पठाइसकेको अवस्थामा कोरोना पोजिटिभ देखिएको पनि नगरपालिकाले जनाएको छ ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बि.सी.द्धारा जारीे विज्ञप्तीमा घरमा बसेका पोजिटिभ देखिएकाहरुलाई घरमै सुरक्षित बसिदिन अनुरोध समेत गरिएको छ ।
वडानम्बर १ का ३ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर ४ का १६ जना वडा नम्बर ५ का ६ जना, वडा नम्बर ६ का ९ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर ८ का १ जना, वडा नम्बर ९ का ३ जना, वडा नम्बर १० का १ जनामा कोरोना पोजिटिभ देखिएको छ । अन्य १७ जनाको ठाउँ ठेगाना खुलाइएको छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता