पाल्पामा पहिरोले चारवटा सवारी साधन बगायो, २ को शव फेला,बाँकीको खोजीकार्य जारी


पाल्पा, ८ असार । निरन्तरको बर्षासंगै पाल्पाको सम्मोबारीमा पहिरो खसेर ४ वटा सवारी साधन बगाउँदा पुरिएका यात्रुहरु मध्ये २ जनाको शव फेला परेको छ । एक घाइतेको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ ।
पाल्पाको तानसेन रिडी सडक खण्डमा गएको पहिरोमा परेर वेपत्ता भएका अन्यको खोजी कार्य जारी छ ।
पहिरोले एउटा कार, एउटा मिनी ट्रक, एउटा ट्याक्टर र एउटा बोलेरोे जीप बगाएको स्थानीयवासीले बताएका छन् ।
बगाएका चार सवारी साधनमा कति मानिसहरु थिए भन्ने खुल्न नसकेको बताइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्दार कार्य तीब्र पारिएको छ ।
पहिरो निकै ठूलो क्षेत्र ओगटेर खसेको हुनाले पहिरो हटाउने काममा समय लाग्ने स्थानीयवासीले बताएका छन् ।
न्युज२४बाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता