बझाङमा क्वारेन्टाइनभित्रै एक युवकद्वारा आत्महत्या


बझाङ, ८ असार । बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्मह’त्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाकाे बुडखोरीका ३० वर्षीय १ युवकले आत्मह’त्या गरेका हुन् ।
३ दिनअघि मात्र भारतको बैंग्लोरबाट फर्केर क्वारेन्टाइनमा बसेका उनले गएराति झु’ण्डिएर आत्मह’त्या गरेकाे वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए । ‘६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए । अचानक आइतबार राति झु’ण्डिएको अवस्थामा भेटिए’, उनले भने ।
वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घ’टनास्थलतर्फ आइरहेको छ । आत्मह’त्या गरेका युवकको आरडीटी समेत गर्न बाँकी नै थियाे ।
ती युवक बसेको क्वारेन्टाइनमा अहिले ४ जना रहेका छन् । उनीहरू फरक-फरक मितिमा भारतबाट आएकाले अलग्गै कोठामा राखिएको बताइएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता