
काठमाडौं जेष्ठ २९: नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले बिश्व हिन्दु महासंघको कार्यकारिणी सदस्य तथा युवा बिभाग प्रमुखको जिम्मेवारी पाएका छन। आज विश्व हिन्दु महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले शाहलाई उक्त जिम्मेवारी दिएका हुन।
कांग्रेसको भातृसंगठन नेबि संघको पुर्व उपाध्यक्ष भएका शाहले नेपाललाई बिकाशीत मुलुकमा रुपान्तरण गरेर बलियो अर्थतन्त्र बनाउन नेपालले पूर्वीय दर्शनका मुल्य मान्यतालाई बोकेर अगाडि बढ्नु पर्छ भनेर अभियान संचालन गर्दै आइरहेका छन।